डोल्पाबाट प्रत्यक्ष निर्वाचित सबै सांसद बने मन्त्री    « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

डोल्पाबाट प्रत्यक्ष निर्वाचित सबै सांसद बने मन्त्री   


१८ बैशाख २०८१, मंगलबार


डोल्पा । डोल्पाबाट प्रतिनिधि सभा र कर्णाली प्रदेश सभामा प्रत्यक्ष निर्वाचित सबै सांसद मन्त्री बनेका छन् ।

प्रतिनिधि सभा सदस्य धनबहादुर बुढा संघीय सरकारको र वीरबहादुर शाही तथा शेरबहादुर बुढा कर्णाली सरकारको मन्त्री बनेका हुन् ।

मंगलबार कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सांसद शाही र बुढालाई मन्त्री नियुक्त गरेका हुन् ।

डोल्पा जिल्ला प्रदेश ‘क’ बाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद बुढा भौतिक पूर्वाधारमन्त्री र प्रदेश ‘ख’ बाट निर्वाचित नेकपा (माओवादी केन्द्र)का सांसद शाही सामाजिक विकासमन्त्री नियुक्त भएका हुन् ।

शाही यसअघि कर्णालीको उद्योग पर्यटन वन तथा वातावरणमन्त्री बनेका थिए । डोल्पाबाटै प्रतिनिधि सभामा निर्वाचित सांसद धनबहादुर बुढा यसअघि सङ्घीय सरकारमा एकीकृत समाजवादीबाट सहरी विकासमन्त्री छन् ।

एउटै जिल्लाबाट संघीय सरकारमा एक र प्रदेश सरकारमा दुई मन्त्री नियुक्त भएपछि जिल्लामा सडक पूर्वाधारलगायतका विकासले गति लिने अपेक्षा गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस