तीन महिनामा स्थानीय तहका २३४ कर्मचारी हेरफेर, ८४ जनालाई आर्थिक तथा प्रशासनिक जिम्मेवारी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

तीन महिनामा स्थानीय तहका २३४ कर्मचारी हेरफेर, ८४ जनालाई आर्थिक तथा प्रशासनिक जिम्मेवारी


१४ बैशाख २०७९, बुधबार


काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३ महिनाको अवधिमा मात्रै २ सय ३४ जना कर्मचारी सरुवा गरेको छ ।

मन्त्रालयले बुधवार सार्वजनिक गरेको स्वतः प्रकाशन अनुसार २०७८ माघ १ गते चैत मसान्तसम्म ठुलो सङ्ख्यामा स्थानीय तहका कर्मचारीहरू कामकाज, सरुवा र पदस्थापन भएको हो ।

स्थानीय तहमा ४२ जना उपसचिव, १ सय ८७ शाखा अधिकृत र ५ नासु÷खरिदार सरुवा भएका हुन् । यसमा ८४ जना कर्मचारीलाई आर्थिक तथा प्रशासनिक जिम्मेवारी प्रदान गरिएको छ ।

यसैगरी बढुवा शाखाबाट प्रशासन सेवातर्फ ३६ जना उम्मेदवार मध्येबाट ६ जना सिफारिस गरिएकोमा दुई विशिष्ट श्रेणी(सचिव)मा बढुवा भएका छन् भने सहसचिवतर्फ प्रशासन सेवा ९०, लेखा परीक्षण ३०, इन्जिनियरिङ ७५, वन ४, शिक्षा ३ र सूचना प्रविधि निर्देशक एक जना गरी दुई सय १३ मागका लागि दुई सय पाँच जना सिफारिसमा परेका छन् । यस्तै विभिन्न सेवाका गरी २७ जना उपसचिवको माग रहेकोमा १५ जना सिफारिस गरिएको छ ।

यस्तो छ मन्त्रालयको स्वतः प्रकाशन

Tags :
प्रतिक्रिया दिनुहोस