एमसीसी पारित नभए नेपालले दुः ख पाउँछ: डा. रामशरण « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

एमसीसी पारित नभए नेपालले दुः ख पाउँछ: डा. रामशरण


३ फाल्गुन २०७८, मंगलबार


काठमाडौँ । पूर्वअर्थमन्त्री डा. रामशरण महतले एमसीसी सम्झौताबारे भ्रमपूर्ण प्रचार गरिएको भन्दै एमसीसीका कारण नेपालको स्वाधीनतामा कुनै हस्तक्षेप नहुने बताएका छन् ।

नेपाली काँग्रेस संसदीय दलको बैठकमा एमसीसीबारे प्रष्ट पार्न आमन्त्रण गरिएका पूर्वमन्त्री महतले एमसीसीको कार्यान्वयन नेपाल सरकार मातहतको एमसीए नेपालले गर्ने भएकोले अमेरिकी हस्तक्षेप नहुने दाबी गरेका हुन् ।

बैठकपछि पत्रकाहरूसँग कुराकानी गर्दै डा। महतले इण्डो प्यासिफिक रणनीतिसँग एमसीसीको कुनै सम्बन्ध नभएको दाबी गरे ।

महतले भने, ‘एमसीसी २००४ मा अमेरिकी संसदले पारित गरेको विषय हो । नेपाल २०१२ देखि नै प्रत्यक्ष अप्रत्यक्षरूपमा एमसीसीसँग जोडिएको छ । इण्डो प्यासिफिक रणनीति २०१८ मा आएको हो । इण्डो प्यासिफिक एमसीसीभन्दा नयाँ विषय भएकोले यी दुईबीच कुनै सम्बन्ध छैन ।

उनले एमसीसीबारे प्रश्न उठाइएका विषयहरू निराधार रहेको बताए ।महतले भने, ‘बौद्धिक सम्पत्ति र लेखापरीक्षणको अधिकार नेपालसँगै छ । यसको कार्यान्वयन नेपाल सरकारले बनाएको एमसिए नेपालले गर्ने हो । एमसीसीबारे भ्रमणपूर्ण प्रचार भएको छ ।’

उनले एमसीसी कुनै देशको विरुद्धमा पनि नभएको बताए । उनले भने, ‘एमसीसी बीआरआईको विरुद्ध होइन । चीनको विरुद्ध पनि होइन । यो कुनै देशका विरुद्ध नभएर नेपालको विकासका निम्ति आवश्यक विषय हो ।’

उनले फागुन १६ गतेभित्र एमसीसी संसदबाट अनुमोदन नभए नेपाललाई गम्भीर क्षति हुने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस