महाधिवेशनका लागि एकीकृत समाजवादीद्वारा चन्दा सङ्कलन सुरु « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

महाधिवेशनका लागि एकीकृत समाजवादीद्वारा चन्दा सङ्कलन सुरु


१८ बैशाख २०८१, मंगलबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीले आगामी १६ देखि २० असारसम्म काठमाडौँमा हुने महाधिवेशनका लागि आर्थिक सङ्कलन सुरु गरेको छ ।

महाधिवेशनका लागि आवश्यक पर्ने खर्च जुटाउनका लागि पार्टीले आर्थिक सङ्कलन सुरु गरेको एक नेताले जानकारी दिए ।

मंगलबार पार्टीका उपाध्यक्ष तथा दशौं महाधिवेशन आर्थिक परिचालन कमिटीको अध्यक्ष प्रमेश हमालको अध्यक्षतामा बसेको बैठकले आर्थिक सहयोग सङ्कलन अभियान सुरु गर्ने निर्णय गरेको हो ।

समितिले आवश्यक आर्थिक सङ्कलन गर्न रसिद प्याड छाप्ने काम गरेको र क्युआर कोडमार्फत पनि रकम सहयोग गर्न सकिने व्यवस्था गरेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस