देउवा निवासमा काँग्रेसका शीर्ष नेताहरूको बैठक « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

देउवा निवासमा काँग्रेसका शीर्ष नेताहरूको बैठक


६ बैशाख २०८१, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । सभापति शेरबहादुर देउवाले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न र धारणा बनाउन बुढानिलकण्ठस्थित आफ्नै निवासमा बैठक बोलाएका हुन् । बैठकमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरू सहभागी छन् । 

सभापति देउवाको आह्वानमा आकस्मिकरुपमा बैठक बसेको एक नेताले जानकारी दिए । काँग्रेसले सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादीलाई समेटेर बैकल्पिक गठबन्धन बनाउने प्रयास गरेको थियो । 

बुधबार साँझमात्रै सभापति देउवाले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका थिए । 

Tags :
प्रतिक्रिया दिनुहोस