भोलि चौथो पटक विश्वासको मत लिँदै मुख्यमन्त्री यादव  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

भोलि चौथो पटक विश्वासको मत लिँदै मुख्यमन्त्री यादव 


३ बैशाख २०८१, सोमबार


काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले भोलि (मंगलबार) विश्वासको मत लिने भएका छन् ।

विश्वासको मत लिनका लागि वैशाख ४ गते दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक आह्वान गरिएको छ । मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बैठक बोलाइएको सभामुख रामचन्द्र मण्डलले बताए ।

केन्द्रमा समीकरण फेरिएपछि मधेश सरकारबाट चैत ५ गते काँग्रेस बाहिरिएको थियो भने एमाले सहभागी भएको थियो । सरकारबाट बाहिरिएपछि चैत ९ गते काँग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

सरकारमा रहेका दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । मुख्यमन्त्री यादवले १५ महिनामा यसरी विश्वासको मत लिन लागेको चौथो पटक हो ।

Tags :
प्रतिक्रिया दिनुहोस