रेशम र रञ्जितासँग प्रधानमन्त्री ‘प्रचण्ड’ले गरे छलफल « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

रेशम र रञ्जितासँग प्रधानमन्त्री ‘प्रचण्ड’ले गरे छलफल


२० चैत्र २०८०, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिक उन्मुक्ति पार्टी (नाउपा)का अध्यक्ष रन्जिता चौधरी र संरक्षक रेशम चौधरीसँग छुट्टाछुट्टै छलफल गरेका छन् ।

बिहान रन्जितासँग छलफल गरेका प्रधानमन्त्री ‘प्रचण्ड’ले दिउँसो रेशमसँग छलफल गरेका हुन् । छलफल नयाँ सत्ता समीकरण र प्रदेश सरकारका विषयमा केन्द्रित थियो ।

संरक्षक चौधरीले प्रधानमन्त्री ‘प्रचण्ड’ले छलफलका लागि बोलाएपछि आफू गएको बताए । उनका अनुसार प्रधानमन्त्री ‘प्रचण्ड’ले सरकारमा आउन र नयाँ समीकरणअनुसारको सरकारलाई समर्थन गर्न आग्रह गरेका थिए ।

तर आफूले आगामी २३ र २४ गते पार्टीको बैठक बोलाएको र बैठकले जे निर्णय गर्छ त्यसैअनुसार हुने बताएको जानकारी दिए । उनले प्रदेश सरकारलाई स्वायत्त भएर निर्णय गर्न दिन पनि आफूले प्रधानमन्त्रीलाई भनेको बताए ।

सत्ता समीकरण फेरिएसँगै पार्टी अध्यक्ष रञ्जिता र संरक्षक रेशमबीच विवाद बढ्दा नाउपा विभाजनको डिलमा छ । रन्जिताले वर्तमान सत्ता गठबन्धनलाई समर्थन गरे पनि उनका पति रेशम त्यसको विपक्षमा छन् । यही विवादको क्रममा सोमबार पार्टी केन्द्रीय कार्यालय अनामनगरमा रन्जिता र रेशम पक्षका नेताहरुबीच कुटाकुट भएको थियो ।

सम्बन्धित समाचार : नाउपा बैठकमा रेशम-रन्जिता पक्षबीच कुटाकुट

कुटपिटमा संलग्न भएको भन्दै रञ्जिताले नाउपा गण्डकी प्रदेशका अध्यक्ष राजन गुरुङ र बागमती प्रदेशका अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई पार्टीबाटै निष्कासन गरेकी छन् ।

सम्बन्धित समाचार : नागरिक उन्मुक्ति पार्टीका दुई प्रदेश अध्यक्ष निष्कासित 

Tags :
प्रतिक्रिया दिनुहोस