गण्डकीका मुख्यमन्त्री पाण्डेले बोलाए संसदीय दलको आकस्मिक बैठक « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

गण्डकीका मुख्यमन्त्री पाण्डेले बोलाए संसदीय दलको आकस्मिक बैठक


२२ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दलको आकस्मिक बैठक बोलाएका छन् । नदीपुरस्थित दलको कार्यालयमा बस्ने बैठकमा पाण्डेले पछिल्लो राजनीतिक घटनाक्रमबारे सांसदहरूलाई ब्रिफिङ गर्नेछन् ।

सांसदहरूको राय लिन र आगामी यात्राको तयारी गर्न बैठक बोलाइएको काँग्रेस संसदीय दलले जनाएको छ । पाण्डे गत वैशाख १५ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ७ सदस्यीय मन्त्रीमण्डल रहेको यहाँ ५ जना काँग्रेस र २ जना माओवादीका थिए । अहिले माओवादीका दुवै मन्त्रीहरू बर्खास्तमा परेका छन् ।

सम्बन्धित समाचार : गण्डकीमा माओवादीका दुई मन्त्री बर्खास्त

तीन मन्त्रालयको जिम्मेवारी पाण्डेले नै राखेका छन् भने बाँकी मन्त्रीहरू पुरानै जिम्मेवारीमा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस