३ चैत्र २०८१, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ भित्र ५२ अस्पताल लक्षित वर्गको निःशुल्क उपचार गर्न तयार

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका ५२ अस्पताल लक्षित वर्गको निःशुल्क उपचार गर्न तयार भएका छन् । महानगरले निःशुल्क उपचारका लागि तयार पारेको प्रणालीमा ती अस्पताल आबद्ध भएका छन् ।

ती अस्पतालमा ३ हजार ७ सय ४४ शय्या छन् । महानगरका अनुसार यसको १० प्रतिशत अर्थात् ३ सय ७५ शय्या  निःशुल्क उपचारका लागि उपलब्ध हुने भएको हो । अस्पताललाई अनलाइन प्रणालीमा विवरण अद्यावधिक गराउन महानगरले युजर नेम र पासवर्ड दिएको छ ।

महानगरका अनुसार यो प्रणालीले कुन अस्पतालमा कुन सेवा छ, बेड संख्या कति हो, कति बेडमा बिरामीको उपचार भइरहेको छ, कति खाली छन् लगायत विवरण देखाउँछ ।

यस्तो प्रणाली क्षेत्रपाटी निःशुल्क चिकित्सालय र काठमाडौँ मोडेल अस्पतालमा परीक्षण भइसकेको महानगरको भनाई छ । 

प्रणाली चलाउन युजर नेम र पासवर्ड चाहिन्छ । महानगरको स्वास्थ्य विभागले २५/२९ माघसम्म महानगरपालिका क्षेत्रभित्रका सबै निजी अस्पताल प्रमुख र मेडिकल रेकर्डरलाई अभिमुखीकरण प्रदान गरेर आबद्ध भएका अस्पताललाई युजर नेम र पासवर्ड दिएको हो ।

यसरी आबद्ध अस्पतालमध्ये सबैभन्दा धेरै शैय्या हुनेमा काठमाडौँ मेडिकल कलेज सिनामंगल र मनमोहन ममोरियल मेडिकल कलेज स्वयम्भू छन् । यी दुई अस्पतालमा ३/३ सय शय्या छन् । सबैभन्दा कम १५ शय्याका अस्पताल पनि छन् । यस्ता अस्पताल संख्या सात छ ।

लक्षित वर्ग (विपन्न, असहाय र बेवारिसे) को निःशुल्क उपचारका लागि महानगरले ‘काठमाडौँ महानगरपालिका अस्पतालमा निःशुल्क उपचार सेवा उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०८०’ जारी गरेको छ ।

यसलाई व्यवस्थित र पारदर्शी बनाउन अनलाइन प्रणाली कार्यान्वयनमा ल्याइएको छ । कार्यविधिले तोकेबमोजिम १ फागुनदेखि सेवा उपलब्ध गराउन स्वास्थ्य विभागले आफ्नो भौगोलिक क्षेत्रभित्र भएका सबै अस्पताललाई पत्राचार गरेको छ ।

प्रतिक्रिया दिनुहोस