३४ हजार गणना हुँदा रास्वपाका उम्मेदवार लिम्बुले पाए १९४५ मत « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

३४ हजार गणना हुँदा रास्वपाका उम्मेदवार लिम्बुले पाए १९४५ मत


१७ बैशाख २०८१, सोमबार


काठमाडौँ । इलाम-२ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलनकुमार लिम्बुले न्यून मत पाएका छन् ।

३४ हजार २६ सदर मतमा रास्वपा उम्मेदवार लिम्बुले १९४५ मत पाएका छन् । रास्वपा उम्मेदवारभन्दा निकै अगाडि रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिं थेगिमले ८ हजार २८५ मत ल्याएका छन् ।

दोस्रो नम्बरमा रहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले ८ हजार ९१४ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ फराकिलो मतान्तरले पहिलो नम्बरमा छन् । उनले १३ हजार ९०० मत पाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस