सुहाङले अझै बढाए मतान्तर « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

सुहाङले अझै बढाए मतान्तर


१७ बैशाख २०८१, सोमबार


विराटनगर । इलाम-२ को जारी मतगणनामा नेकपा एमालेका सुहाङ नेम्वाङको अग्रता कायमै छ । १४ हजार ६१३ भोट ल्याएर सुहाङ नेपाली कांग्रेसका डम्बर खड्काभन्दा ५ हजार ३०२ मतले लिड गरिरहेका छन् । खड्का ९ हजार ३११ भोटका साथ पछ्याइरहेका छन् ।

देउमाई नगरपालिका १ र २ गनिसक्दा एमालेको मतान्तर अझ फराकिलो भएको हो । देउमाई १ मा सुहाङले ८३१ मत र २ मा भने ७१३ मत पाए । डम्बरले १ र २ मा क्रमशः ५२८ र ३९७ भोट ल्याए ।

देउमाईमा गएको स्थानीय तहको निर्वाचनमा एमालेले मेयर–उपमेयर नै जितेको थियो ।

तेस्रो स्थानमा रहेका पहिचानवादी उम्मेदवार डकिन्द्रको ८ हजार ५७० मत छ । रास्वपाका मिलन लिम्बू २ हजार ५७ भोटका साथ चौथो स्थानमा छन् । अहिलेसम्म ३६ हजार ५३ भोट गनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस