घुस रकमसहित पक्राउ परेका वडाध्यक्षविरुद्ध मुद्दा दायर « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

घुस रकमसहित पक्राउ परेका वडाध्यक्षविरुद्ध मुद्दा दायर


१७ बैशाख २०८१, सोमबार


अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको महाराजगञ्ज नगरपालिका-२ का वडाध्यक्ष उजेर अलीविरुद्ध विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनलाई अख्तियारले गत चैत १८ गते १५ हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको थियो ।

सेवाग्राहीको घरबाटो सिफारिस दिने नाममा घुस मागेको भन्ने सूचनाका आधारमा खटिएको टोलीले वडाध्यक्ष अलीलाई रकमसहित पक्राउ गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका। अलीलाई भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कैद सजाय तथा बिगो जरिवाना माग गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस