मन्त्री नभए पनि कुनै काम नरोकिएको मुख्यमन्त्री कँडेलको दाबी « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

मन्त्री नभए पनि कुनै काम नरोकिएको मुख्यमन्त्री कँडेलको दाबी


१७ बैशाख २०८१, सोमबार


काठमाडौँ। कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रालयहरू मन्त्रीविहीन रहे पनि कुनै काम नरोकिएको दाबी गरेका छन् ।

सोमबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री कँडेलले यो बिचमा ठुलै नीतिगत निर्णय गर्नुपर्ने कुनै काम नरहेको र मन्त्रालयबाट हुने कामहरू निरन्तर भइरहेको प्रस्ट पारेका हुन् ।

चैत २७ गते मुख्यमन्त्रीमा नियुक्त भए पनि उनले अहिलेसम्म सरकार विस्तार गर्न सकिरहेका छैनन् । केही मन्त्रालय फागुन २२ देखिनै मन्त्रीविहीन अवस्थामा छन् ।

अहिले सबै मन्त्रालयको जिम्मेवारी कँडेल आफैँले सम्हालिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस