झापाको एक प्लाई उद्योगमा आगलागी, तीन लाख बराबरको क्षति « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

झापाको एक प्लाई उद्योगमा आगलागी, तीन लाख बराबरको क्षति


१३ पुस २०८०, शुक्रबार


झापा । झापाको बिर्तामोड नगरपालिका–३ सूर्यनगर टोलमा रहेको रिद्धिसिद्धी भेनियर प्लाई उद्योगमा आगलागी भएको छ ।

अनुप अग्रवालले सञ्चालन गरेको सो प्लाई फ्याक्ट्रीनजिकै साईडमा प्लाई बनाउन प्रयोग हुने कच्चा पदार्थ भेनियर राखेको ठाउँमा शुक्रबार बिहान ४ बजे अचानक आगलागी भएको बताइएको छ ।

आगलागीबाट करिब तीन लाख बराबरको क्षति भएको झापा प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोली, बिर्तामोड नगरपालिकाको दमकल, बिर्तामोड नगरपालिकाको ट्यांकर, मेचीनगर नगरपालिकाको दमकल र स्थानीयबासीको सहयोगमा अहिले बिहान सवा पाँच बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस