नेपालले टस हारेर फिल्डिङ गर्दै  « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

नेपालले टस हारेर फिल्डिङ गर्दै 


१६ बैशाख २०८१, आइतबार


काठमाडौँ । नेपालले दोस्रो टी-२० खेलमा वेस्ट इन्डिज ‘ए’ सँग टस हारेर पहिला फिल्डिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको टसमा वेस्ट इन्डिज ए का कप्तान रोश्टन चेशले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

शनिबार भएको पहिलो खेलमा नेपालले वेस्टइन्डिजलाई ४ विकेटले हराएको थियो । २०५ रनको लक्ष्य नेपालले १९‍.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो । कप्तान रोहित पौडेलले ५४ बलमा १० चौका र ६ छक्कासहित ११२ रन बनाएका थिए ।

पहिलो खेलको प्रदर्शनले नेपाली टोलीको मनोबल उच्च छ तर, रोहित बाहेक अन्य ब्याटरले राम्रो गर्न सकेका थिएनन् । सबै ब्याटरबाट नेपाल भूमिका अनुसार प्रदर्शन चाहन्छ ।

तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र पाँचौँ खेल शनिबार हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस