टोखाबाट ८ जना जुवाडे पक्राउ « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

टोखाबाट ८ जना जुवाडे पक्राउ


१६ बैशाख २०८१, आइतबार


काठमाडौँ । जुवातास खेलेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।

टोखा नगरपालिका-१० सिर्जना टोलस्थित हरि श्रेष्ठको घरमा जुवातास खेलेको आरोपमा प्रहरीले शनिबार ८ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौँको टोखा नगरपालिका-१० का ४९ वर्षीय हरि श्रेष्ठ, बाँसबारीका ६८ वर्षीय मानबहादुर पुन, बूढानीलकण्ठ-१३ का सागर लामा, गोकर्णेश्वर नगरपालिका-८ का ४९ वर्षीय नेमा लामा छन् ।

त्यस्तै बूढानीलकण्ठ-१२ का लोप्साङ लामा, टोखा नगरपालिका-३ का पुष्पबहादुर खड्का, ठिमी नगरपालिका–३ कौशलटारका ४८ वर्षीय देन लामा र नागार्जुन नगरपालिका-२ का ४५ वर्षीय शरणबहादुर गुरुङ छन् ।

उनीहरूबाट १ लाख १३ हजार ५ सय नगद, जुवा खेल्न प्रयोग गरिएका १०९ थान क्वाइन र चार बुक तास बरामद गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस