सचिवसहित ६८ कर्मचारीको दरबन्दी कटौती « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सचिवसहित ६८ कर्मचारीको दरबन्दी कटौती


१२ पुस २०८०, बिहिबार


काठमाडौँ । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पुनर्संरचना गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री कार्यालयको पुनर्संरचनासहितको व्यवस्थापन गर्ने निर्णय भएको प्रवक्ता रेखा शर्माले बताइन् ।

उनले भने, ‘प्रधानमन्त्री कार्यालयको ६८ जना कर्मचारीको दरबन्दी कटौती भएको छ । प्रधानमन्त्री कार्यालयमा रहनुभएको साथीहरू अब अन्यत्र कामकाजमा जानुहुन्छ । प्रधानमन्त्रीज्यूले एक वर्ष पुगेको अवसरमा जुन सम्बोधन गर्नुभयो । त्यो बेलामा प्रधानमन्त्री कार्यालयका पुनर्संरचना गर्छु भन्नुभएको थियो, आज यहाँबाट सुरुवात भयो । हामी विस्तार गरेर जान्छौँ ।’

प्रशासनलाई प्राप्त जानकारी अनुसार केही सचिवसहितका कर्मचारी कटौती भएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस