रम्बा चाउचाउका अध्यक्ष पाण्डेलाई धरौटीमा छाड्न आदेश « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

रम्बा चाउचाउका अध्यक्ष पाण्डेलाई धरौटीमा छाड्न आदेश


८ पुस २०८०, आइतबार


काठमाडौँ । पोखरा नुडल्सको रम्बा चाउचाउमा न्युनस्तरको खाद्य पदार्थ भेटिएको छ । म्याग्दीको किराना पसलमा केही महिना अगाडि न्युनस्तरको खाद्य पदार्थ भेटिएको थियो ।

न्युनस्तरको खाद्य पदार्थ उत्पादन तथा विक्री वितरण गरेको आरोपमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बागलुङले कास्कीमा पठाएको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कास्कीमार्फत कास्की जिल्ला अदालतमा मुद्धा अगाडि बढाइएको थियो 

न्यायाधीश ध्रुवकुमार पियाको इजलासले रम्बा चाउचाउ उत्पादन गर्ने पोखरा नुडल्सका अध्यक्ष श्रीराम पाण्डेलाई आइतबार ३५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । म्याग्दीको एक किराना पसलमा चाउचाउमा हुने तेलमा पेरोकसाइड भ्यालु १० हुनुपर्नेमा १७ भएको पाइएको थियो ।

पोखरा नुडल्सले भने रम्बा चाउचाउ उत्पादन हुने कच्चा पदार्थ र तयार भइसकेपछि पनि परीक्षण गरेर पठाउने तर ढुवानी र भण्डारणका क्रममा तापक्रम नमिल्दा त्यस्तो हुन सक्ने बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस