क्यानडाका लागि सिफारिस राजदूत पौड्यालको संसदीय सुनुवाइ सुरु « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

क्यानडाका लागि सिफारिस राजदूत पौड्यालको संसदीय सुनुवाइ सुरु


१० मंसिर २०८०, आइतबार


काठमाडौँ । क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस भरतराज पौड्यालको संसदीय सुनुवाइ सुरु भएको छ । संसदीय सुनुवाइ समितिले आइबारदेखि पौडेलको सुनुवाई सुरु गरेको हो ।

हाल परराष्ट्र मन्त्रालयको सचिव रहेका पौड्याललाई कार्तिक ३ मा बसेको मन्त्रिपरिषद् बैठकले क्यानडाका लागि राजदूतमा सिफारिस गर्ने निर्णय गरेको थियो । पौड्यालले यही मंसिर २० मा अवकाश पाउँदै छन् ।

पौड्यालविरुद्व समितिमा उजुरी परेको छ । सरकारी कर्मचारीलाई आएको छात्रवृत्ति छोरीलाई दिलाएको भन्दै पौड्यालविरुद्ध उजुरी परेको हो । यसैगरी परराष्ट्र मन्त्रालयको पदबाट अवकाश हुन नपाउँदै राजदूत नियुक्तिको मापदण्ड र प्रक्रिया विपरीत राजदूत नियुक्तिका लागि सिफारिस गरिएको भन्दै मन्त्रिपरिषद्को निर्णय फिर्ता लिनुपर्ने माग सहित उजुरी परेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस