विशेष अदालतको फैसलाउपर दुई मुद्दामाथि सर्वोच्चमा पुनरावेदन « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

विशेष अदालतको फैसलाउपर दुई मुद्दामाथि सर्वोच्चमा पुनरावेदन


१७ कार्तिक २०८०, शुक्रबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाउपर दुई मुद्दामाथि सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । 

अदालतबाट विभिन्न मितिमा भएका फैसला मध्ये आयोगलाई चित्त नबुझी सार्वजनिक सम्पत्ति हानि नोक्सानी र नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामाथि अख्तियारले पुनरावेदन दिएको हो । 

सरकारी रकम बदनियतका साथ हिनामिना गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा ओम प्रकाश यादव, अजय कुमार यादव र अनिरुद्ध मण्डल प्रतिवादी रहेका छन् भने नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा उर्मिला देवी प्रतिवादी रहेकी छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस