प्रहरी अस्पतालमा पूर्वप्रहरी कर्मचारीलाई उपचार र औषधि नि:शुल्क  « प्रशासन
Logo २३ भाद्र २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

प्रहरी अस्पतालमा पूर्वप्रहरी कर्मचारीलाई उपचार र औषधि नि:शुल्क 


२१ बैशाख २०८१, शुक्रबार


काठमाडौँ । पूर्वप्रहरी कर्मचारीले अब नेपाल प्रहरीको अस्पतालमा नि:शुल्क उपचार पाउने भएका छन् ।

यसअघि उनीहरूले ५० प्रतिशत शुल्क तिर्दै आएका थिए । पूर्वप्रहरीको आन्दोलनपछि नेपाल प्रहरीको नीति समन्वय समितिको दुई साताअघिको बैठकले पूर्व प्रहरीलाई उपचारमा बहालवाला कर्मचारीसरह सुविधा दिने निर्णय गरेको हो । जसअनुसार उनीहरूले औषधिसमेत नि:शुल्क  पाउनेछन् । 

नेपाल प्रहरीको कल्याण कोषमार्फत प्रहरी अस्पताल सञ्चालन हुँदै आएको छ । सो कोषमा आफूहरूको महत्त्वपूर्ण योगदान रहेको भन्दै पूर्वप्रहरी संगठनले त्यसबाट आफूहरूलाई सुविधा बढाउन भन्दै दबाब दिँदै आएको थियो । सोही दबाबपछि प्रहरीले यससम्बन्धी नीतिगत निर्णय गर्दै पूर्व प्रहरीलाई सुविधा बढाएको हो । यसले प्रहरी अस्पतालको खर्च करिब वार्षिक नौ करोड रुपैयाँ बढ्ने अनुमान गरिएको प्रहरीको कल्याण महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी)रेवती ढकालले बताइन् । 

पूर्वप्रहरी संगठनका अनुसार करिब २५ हजार पूर्वप्रहरी छन् । पेन्सनपट्टा भएका पूर्वप्रहरीले मात्र यो सुविधा पाउँछन् । उपचार नि:शुल्क गरेसँगै अस्पतालमा चाप पनि बढ्ने भएकाले जनशक्ति थप्नुपर्ने आकलन गरिएको छ ।

तत्कालका लागि करारमा कर्मचारी थप्ने र संगठन तथा व्यवस्थापन सर्वेक्षणमार्फत स्थायी दरबन्दी थपका लागि प्रक्रिया अघि बढाउने प्रहरी तयारी छ । खर्च बढ्ने भएकाले अस्पतालले आम्दानी पनि बढाउने योजनाबारे छलफल थालेको छ । त्यसका लागि एक्सटेन्टेड हेल्थ सर्भिस र पे क्लिनिक सञ्चालनबारेको गृहकार्य प्रहरी अस्पतालले थालेको छ । 

 हाल मिसन कटौती भएसँगै कोषको आम्दानी घटेको छ । कोषमा हाल करिब साढे चार अर्ब रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सोही कोषबाट प्रहरीले आफ्ना कर्मचारीलाई सहुलियत ऋण दिनेदेखि, पेट्रोल पम्प, विद्यालयसमेत सञ्चालन गर्दै आएको छ । पूर्वप्रहरी संगठनले कोष हिनामिना भएको आशङ्का गरी छानबिनको समेत माग गर्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस