एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा, राष्ट्रिय सभा बैठक स्थगित « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा, राष्ट्रिय सभा बैठक स्थगित


२० असार २०८०, बुधबार


काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गरेको छ ।

बुधवार राष्ट्रिय सभा बैठक शुरु हुने बित्तिकै एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले प्रधानमन्त्री प्रचण्डले व्यवसायी प्रीतम सिंहको पुस्तक विमोचन गर्ने क्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै तत्काल राजीनामा दिन माग गरेका हुन् । उनले आफूहरूको माग पूरा नभई संसद् बैठक चल्न नदिने अडान राखेका छन् । 

प्रधानमन्त्रीले आफू व्यवसायी सिंहको प्रयासमा भारतको इसारामा प्रधानमन्त्री बनेको अभिव्यक्ति दिएकाले आफ्नो पार्टीलाई स्वीकार्य नहुने नेता दाहालले बताए ।

नेता दाहालले प्रधानमन्त्रीले आफू आफू भारतको इसारामा, भारतीय नागरिक सिंहको पहलमा प्रधानमन्त्री भएको अभिव्यक्ति दिनु लज्जाको विषय भएको पनि बताए । एमालेका सांसदहरूले अवरोध गरेपछि राष्ट्रियसभा बैठक स्थगित भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस