विश्वासको मत लिन बोलाइएको गण्डकी प्रदेश सभा बैठक स्थगित « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

विश्वासको मत लिन बोलाइएको गण्डकी प्रदेश सभा बैठक स्थगित


२३ बैशाख २०८१, आइतबार


काठमाडौँ। मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिन बोलाइएको गण्डकी प्रदेश सभा बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ ।

आइतबार प्रदेश सभा बैठकमा मुख्यमन्त्री अधिकारीले प्रदेश सभा सदस्यहरूसँग विश्वासको मत मागेका छन् । उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेताले धारणा राखेपछि सभामुख कृष्ण धितालले सभा आधा घण्टाका लागि स्थगित गरेका हुन् ।

प्रदेश सभा बैठकमा एमाले र माओवादीले मुख्यमन्त्रीलाई विश्वासको मत दिने भएका छन् । अधिकारी मन्त्रिपरिषद्कै सदस्य स्वतन्त्र सांसद दीपक मनाङेले पनि विश्वासको मत दिनेछन् । नेपाली काँग्रेसले नदिने भएको छ भने राप्रपा तटस्थ रहने भएको छ ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ । 

Tags :
प्रतिक्रिया दिनुहोस