राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका कर्मचारी घुससहित अख्तियारको नियन्त्रणमा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका कर्मचारी घुससहित अख्तियारको नियन्त्रणमा


२६ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका मेडिकल ल्याब टेक्नोलोजिष्ट घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँमा प्रयोगशालामा कार्यरत (अधिकृत छैटौँ तह) लेखनाथ भट्टराईलाई शुक्रबार पक्राउ गरेको हो।

उनले ५० हजार घुस लिइसकेको अवस्थामा रकमसहित पक्राउ गरेको अख्तियार प्रवक्ता भोला दाहालले जानकारी दिए।

उनले ल्याब दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरिदिने भनेर सेवाग्राहीसँग घुस मागेको आरोप छ। घुस माग गरेको सूचना पाएपछि अख्तियारको टोलीले उनलाई ५० हजार घुससहित काठमाडौँ महानगरपालिका-३१ शंखमुलबाट पक्राउ गरेको हो।

अख्तियारले उनीमाथि थप अनुसन्धान अघि बढाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस