बझाङमा काँग्रेस भन्दा एमाले २० मतले अगाडि « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

बझाङमा काँग्रेस भन्दा एमाले २० मतले अगाडि


१७ बैशाख २०८१, सोमबार


काठमाडौँ। बझाङमाको प्रदेश सभा १ मा भएको उपनिर्वाचनमा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

सुरुआती मतगणनामा एमालेका दमनबहादुर भण्डारीले अग्रता लिएको थिए भने मध्यतिर कांग्रेसका अभिषेकबहादुर सिंहले अग्रता कायम गरेका थिए ।

तर, फेरि एमालेले २० मतले अग्रता लिएको छ । २७ हजार ३५७ सदर मतमध्ये एमालेका भण्डारीले १० हजार ४११ मत प्राप्त गरेका छन् भने कांग्रेसका सिंह १० हजार ३९१ मत पाएका छन् ।

माओवादी केन्द्रका जनकबहादुर बुढाले तीन हजार ७१३, एकीकृत समाजवादीका दिलबहादुर सिंहले दुई हजार ४४९ मत प्राप्त गरेका छन् । राप्रपाका किशोर खड्काले २३७ मत पाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस