कर्मचारी सरुवा व्यवस्थित गर्न सहसचिवद्वयको नेतृत्वमा कार्यदल  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कर्मचारी सरुवा व्यवस्थित गर्न सहसचिवद्वयको नेतृत्वमा कार्यदल 


२५ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारी सरुवालाई व्यवस्थित गर्ने उपाय खोज्न कार्यदल गठन गरेको छ ।

मन्त्रालयकै सहसचिव हेमराज तामाङ र बलराम रिजाल रहेको आन्तरिक अध्ययन कार्यदल गठन गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री मोदीले बताएका छन् । 

बिहीबार मन्त्रालयमै आयोजित पत्रकार सम्मेलनमा मन्त्री मोदीले कर्मचारी सरुवालाई व्यवस्थित गर्ने उपाय सुझाउन कार्यदलले सघाउने बताएका हुन् । 

मन्त्री मोदीले भने ‘नीति अनुसार सरुवा प्रणाली व्यवस्थित गर्नका लागि कार्यदल गठन गरिएको हो’

पछिल्लो समय सरुवाकै कारण मन्त्रालय कर्मचारी वृत्तमा चर्चामा रहँदै आएको छ भने हरेक जसो दिन लाग्ने भिड कर्मचारी सरुवाकै लागि हुने गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस