उडिरहेको जहाजभित्र भिडियो बनाउने बुद्ध एयरका पाइलटलाई कारबाही « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

उडिरहेको जहाजभित्र भिडियो बनाउने बुद्ध एयरका पाइलटलाई कारबाही


२२ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले उडिरहेको जहाजभित्र फोटो र भिडियो खिच्ने बुद्ध एयरका पाइलटलाई कारबाही गरेको छ ।

तीन दिनअघि प्राधिकरणमा उजुरी परेपछि अर्को सूचना नआउन्जेलसम्मका लागि ती पाइलटलाई कारबाही गरिएको प्राधिकरणले जनाएको छ । 

प्राधिकरणले उडानको क्रममा भिडियो बनाउन र फोटा खिच्न रोक लगाएको छ । 

तर, ती पाइलटले नियम उल्लङ्घन गरेकाले कारबाही गरिएको प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ । 

Tags :
प्रतिक्रिया दिनुहोस