राष्ट्रपति पौडेलले गरे ६ देशमा गैरआवासीय राजदूत नियुक्त « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रपति पौडेलले गरे ६ देशमा गैरआवासीय राजदूत नियुक्त


२१ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ६ वटा देशका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन ।

राष्ट्रपति पौडेलले संविधानको धारा १८२ को उपधारा १ बमोजिम विभिन्न देशका आवासीय राजदूतलाई थप देश समेत हेर्नेगरी गैरआवासीय राजदूत पदमा नियुक्त गरेका हुन् । 

मलेसियाका राजदूत डिल्लीराज पौडेललाई ब्रुनाई दारुसलाम, ब्राजिलका राजदूत निर्मलराज काफ्लेलाई चिली, अस्ट्रियाका राजदूत भरतकुमार रेग्मीलाई क्रोएसिया, रुसका राजदूत मिलनराज तुलाधरलाई गणतन्त्र काजकिस्तान र डेनमार्कका राजदूत राम स्वार्थ रायलाई निथुआनियाको गैरआवासीय राजदूत समेत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस