बालकृष्ण खाँणविरुद्ध पाँच अभियोगमा मुद्दा दायर « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बालकृष्ण खाँणविरुद्ध पाँच अभियोगमा मुद्दा दायर


१० जेष्ठ २०८०, बुधबार


काठमाडौँ । पूर्वगृहमन्त्री बालकृष्ण खाँणविरुद्ध पाँच अभियोगमा मुद्दा दर्ता गरिएको छ ।

प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालय काठमाडौँले पाँच अभियोगमा मुद्दा दर्ता गरेको हो । 

खाँणले मन्त्री रहँदा नै ठगी गरेको, सरकारी लिखत किर्ते गराएको, नक्कली भुटानी शरणार्थी प्रकरणमा टिम बनाएर परिचालन गरी सङ्गठित ठगीमा संलग्न भएको, राज्यविरुद्धको अपराध गरेको र एकभन्दा बढी अपराधमा एकसाथ संलग्न भई एकीकृत कसुर गरेको अभियोगमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस