उद्यमी बन्न चाहनेलाई आईडिया बैंकमा आवेदन दिन मेयर बालेनको आह्वान « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

उद्यमी बन्न चाहनेलाई आईडिया बैंकमा आवेदन दिन मेयर बालेनको आह्वान


६ जेष्ठ २०८०, शनिबार


काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन शाहले आईडिया बैंकमा आवेदन दिनका लागि आव्हान गरेका छन् ।

काठमाडौँ महानगरपालिकाको वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा समावेश भएको आईडिया बैङ्क कार्यक्रममा सहभागी हुनका लागि मेयर शाहले महानगरवासीलाई आव्हान गरेका हुन् ।

मेयर शाहले सामाजिक सञ्जाल भिडियोमार्फत अपिल गर्दै उद्यमी बन्न कसैले रोक्न सक्दैन भन्दै उद्यमी बन्न इच्छुकलाई महानगरले साथ दिने बताएका छन् । ‘आइडिया बैङ्क कार्यक्रममार्फत दक्ष र अदक्ष जनशक्ति, विद्यार्थी, लगानीकर्ता तथा उद्यमशीलता विशेषज्ञहरूको ब्रिजको रूपमा महानगरवासी सोचलाई योजना र योजनालाई व्यवसाय बनाउने उद्देश्य लिएको मेयर शाहले भनेका छन् । ‘

उनले भनेका छन्, ‘मेरो चुनावी घोषणापत्र तथा काठमाडौँ महानगरपालिकाको वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा समावेश भएको आइडिया बैङ्क कार्यक्रमको प्रमुख उद्देश्य दक्ष जनशक्ति, विद्यार्थी, लगानीकर्ता तथा उद्यमशीलता विशेषज्ञहरूको ब्रिजको रूपमा महानगरवासी सोचलाई योजना र योजनालाई व्यवसाय बनाउने हो ।’

‘तपाइसँग आइडिया छ, तपाईँ महानगर भित्र कुनै स्टार्टअप सुरु गर्नुभएको छ र ३ वर्ष कटेको छैन, साथै तपाइ विद्यार्थी हुनुहुन्छ भने आईडिया बैंकमा आवेदन दिनुहोस, उद्यमी बन्नुहोस्’ उनले भनेका छन् । विभिन्न विषयगत क्षेत्रहरूलाई समेटी ५ वटा क्याटगोरीमा आवेदन माग गरिएको छ । आवेदन २०८० जेठ १९ गते भित्र निवेदन दिइसक्ने पर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस