श्रम मन्त्रालयलाई वैदेशिक रोजगार मन्त्रालय बनाऔँ : मन्त्री भण्डारी « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

श्रम मन्त्रालयलाई वैदेशिक रोजगार मन्त्रालय बनाऔँ : मन्त्री भण्डारी


४ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम, रोजगार मन्त्रालयलाई वैदेशिक रोजगार मन्त्रालय बनाउनुपर्ने आवश्यकता देखिएको बताएका छन् । बिहीबार नेपाल चेम्बर अफ कमर्सले काठमाडौँमा आयोजना गरेको अन्तर्राष्ट्रिय छैटौँ नेपाल चेम्बर एक्स्पो २०२३ मा बोल्दै यस्तो बताएका हुन् ।

मन्त्रालयमा वैदेशिक रोजगार बाहेकका विषयमा कुरा गर्दा स्वदेशी रोजगारको कुनै चर्चा नै नहुने गरेको उनको भनाइ छ । श्रम मन्त्रालयमा आन्तरिक श्रम बजारका विषयमा प्राथमिकता नदेखिएको भन्दै वैदेशिक रोजगार मन्त्रालय बनाउनुपर्ने देखिएको बताए । मन्त्रालयको कार्यभार सम्हाले पनि श्रमका सम्बन्धमा केही नदेखेको उनको भनाइ थियो ।

श्रम विभाग खिएर गएर माथि उठ्न सक्ने अवस्थामा नरहेको बताउँदै मन्त्री भण्डारीले श्रम बजार व्यवस्थित, मर्यादित र सुरक्षित नभएसम्म उद्योगहरू अघि बढ्न नसक्ने बताए ।

मन्त्री भण्डारीले रोजगारका सम्पूर्ण सम्भवनाहरुलाई एकीकृत गर्ने हिसाबले रोजगारीका सम्भवनाहरुलाई एकद्वार प्रणालीमा रोजगार सेवा केन्द्रमा पुर्‍याउने उद्देश्य रहेको रहेको बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस