प्रदेश लोक सेवा आयोग सुदूरपश्चिमले माग्यो कर्मचारी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रदेश लोक सेवा आयोग सुदूरपश्चिमले माग्यो कर्मचारी


१४ बैशाख २०८०, बिहिबार


काठमाडौँ। सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ ।

आयोगले स्थानीय सरकारी सेवाको प्राविधिकतर्फका चौथो तहका विभिन्न सेवा समूहका लागि दरखास्त आह्वान गरेको हो ।

कर्मचारी समायोजन ऐन, २०७५ को दफा १२ को व्यवस्था बमोजिम सुदूरपश्चिम प्रदेशस्थित स्थानीय तहहरूमा रिक्त भएका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि आवेदन आह्वान गरिएको हो ।

योग्यता पुगेका उम्मेदवारहरूले जेष्ठ ३ गतेसम्म र दोब्बर दस्तुर तिरेर १० गतेसम्म अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

प्रतियोगितात्मक परीक्षाबाट छनोट भएका उम्मेदवारहरूको प्राथमिकता क्रमानुसार नियुक्तिका लागि सम्बन्धित प्रदेश मन्त्रालय र स्थानीय तहमा सिफारिस गरिने आयोगले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस