प्रतिनिधि सभाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग विधेयक स्वीकृत « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रतिनिधि सभाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग विधेयक स्वीकृत


६ बैशाख २०८०, बुधबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट स्वीकृत भएको छ । प्रतिनिधि सभाको आजको बैठकमा उक्त विधेयक स्वीकृत भएको हो । 

राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको हो ।

प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त विधेयक प्रस्तुत गरेकी थिइन 

Tags :
प्रतिक्रिया दिनुहोस