बालेनसँग तत्काल वार्ता गर्न प्रधानमन्त्री प्रचण्डलाई गगनको आग्रह « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बालेनसँग तत्काल वार्ता गर्न प्रधानमन्त्री प्रचण्डलाई गगनको आग्रह


२७ चैत्र २०७९, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग तत्काल वार्ता गर्न आग्रह गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै महामन्त्री थापाले मेयर बालेनले संघीय सरकारप्रति असहमति व्यक्त गर्दै सिंहदरवारको फोहोर नउठाउन निर्देशन दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई यस्तो आग्रह गरेका हुन् ।

उनले भने, ‘प्रधानमन्त्रीलाई मेरो आग्रह छ, काठमाडौँ महानगरपालिका प्रमुखसँग तत्काल वार्ता गरियोस्, जायज माग पूरा गरियोस्, यसमा काठमाडौँबाट निर्वाचित जनप्रतिनिधिलाई पनि सहभागी गराइयोस् ।’

Tags :
प्रतिक्रिया दिनुहोस