प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


१४ बैशाख २०८१, शुक्रबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी एकडारा गाउँपालिका महोत्तरीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंह र इन्जिनियर सुभाष पाण्डेयसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

आयोगले महोत्तरीको एकडरा गाउँपालिका-१ अन्तरगतका स-साना सडक ढलान गर्ने क्रममा विनियोजन भएको रकमबाट गुणस्तरहीन कार्य गरी रकम हिनामिना गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सिंह, इन्जिनियर सुभाष, योजना शाखा प्रमुख महेन्द्र कुमार मण्डल, असिस्टेन्ट सव-इन्जिनियर सञ्जय कुमार मंडलविरुद्ध आज विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

यसैगरी सोही गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन र जानकी कन्सट्रक्सन मरा शिसवा नगरपालिका-५ महोत्तरीका प्रोपराइटर राकेश कुमार रायविरुद्ध पनि मुद्दा दायर भएको छ।

उनीहरूबिरुद्ध ८ लाख ६५ हजार १४५ रुपैयाँ बिगो माग गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस