बाटो मिचेर बनाइएका संरचना हटाउन प्रहरीलाई बालेनको आग्रह « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

बाटो मिचेर बनाइएका संरचना हटाउन प्रहरीलाई बालेनको आग्रह


२५ चैत्र २०७९, शनिबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले बाटो मिचेर बनाएका संरचना हटाउन प्रहरीलाई आग्रह गरेका छन्।

फुटपाथ सधैँ मान्छे हिँड्नका लागि प्रयोग हुनुपर्छ भनेर आफूहरूले फुटपाथमा व्यापार गर्न रोकेको भन्दै यो नियम सर्वसाधारणका लागि मात्रै होइन। सबैका लागि हो र हुनुपर्ने उनले बताएका छन्।

कानुन कार्यान्वयन गर्ने नेपाल प्रहरीले नै बाटो मिचेर आफ्नो संरचना बनाउँछ भने त्यो गलत रहेको बताउँदै त्यो संरचना प्रहरी आफैँले हटाउन उनले आग्रह गरेका छन्। यदि प्रहरी आफैँले नहटाए समतामूलक कानुनको प्रयोगको लागि पनि आफूहरू ती संरचना हटाउन बाध्य हुने जानकारी दिए।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘राजदूतावासलगायत विदेशी नियोगका हकमा पनि हामीले सम्बन्धित मन्त्रालयलाई काम अगाडि बढाइदिन पत्राचार गरिसकेका छौँ। कानुन सर्वसाधारण नागरिकका लागि र अरूका लागि अलग्गै हुन्न भन्ने तथ्य स्थापित गर्न हामी तयार हुनु पर्छ। तयार बनौँ।’

प्रहरीले सामाखुसी, जडीबुटी, सिनामंगल तथा बालुवाटारलगायतको क्षेत्रमा बाटो मिचेको उनले जिकिर गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस