सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा ३ जनाको नाम सिफारिस « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा ३ जनाको नाम सिफारिस


१८ बैशाख २०८१, मंगलबार


काठमाडौँ । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिको लागि ३ जनाको नाम सिफारिस भएको छ । उपकुलपति छनोट तथा सिफारिस समिति स्रोतकाअनुसार प्रा. डा. हेमराज पन्त, प्रा. डा. अक्कल देव मिश्र र प्रा.डा. भावनीदत्त जोशीको नाम सिफारिस गरिएको हो ।

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीको अध्यक्षतामा उपकुलपति छनोट तथा सिफारिस समिति गठन भएको थियो । समितिले दरखास्त आह्वान गर्दा १० जनाको आवेदन परेको थियो । सोचपत्र र कार्ययोजनाको मूल्याङ्कनपछि अन्तर्वार्ता लिएर ३ जना सिफारिसमा परेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस