जलहरी घोटाला प्रकरणमा आरोपित थापा, ढकाल र श्रेष्ठले पाए सफाइ « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

जलहरी घोटाला प्रकरणमा आरोपित थापा, ढकाल र श्रेष्ठले पाए सफाइ


१८ बैशाख २०८१, मंगलबार


काठमाडौँ । विशेष अदालतले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरीसम्बन्धी घोटाला प्रकरणमा पशुपति क्षेत्र विकास कोषका निलम्बित सदस्यसचिव मिलनकुमार थापा, तत्कालीन सदस्यसचिव प्रदीप ढकाल र स्टोरकिपर अरुणकुमार श्रेष्ठलाई सफाइ दिएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले सफाइ दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज १४ मा तत्कालीन कोषाध्यक्ष समेत रहेका सदस्यसचिव थापासहित ३ जनाविरुद्ध जनही एक करोड १७ लाख १ हजार ७ सय ८१ रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको थियो ।

सम्बन्धित समाचार : जलहरी घोटाला प्रकरणमा सदस्यसचिव थापासहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

जलहरी बनाएर बाकी रहेको सुन केही पदाधिकारी र कर्मचारीको मिलेमतोमा गायब पारिएको भन्दै कोषकै केही सदस्यले खोजविन थाले । तर, कोषले त्यसको विवरण नदिए पनि केही सदस्य र त्यसबारे चासो राख्ने व्यक्तिका तर्फबाट अख्तियारमा उजुरी पर्‍यो । यो विषयमा अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।

महालेखा परीक्षकको कार्यालयले पनि लेखा परीक्षणका क्रममा जलहरी निर्माणमा अनियमितता भएका विषय समेटेर प्रतिवेदन ल्याएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस