तस्करमाथि हवाई फायर गरी सप्तरीबाट १८४ किलो गाँजा बरामद « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

तस्करमाथि हवाई फायर गरी सप्तरीबाट १८४ किलो गाँजा बरामद


५ चैत्र २०७९, आइतबार


काठमाडौँ । सप्तरीमा प्रहरीले हवाई फायर गरी १८४ किलो गाँजा बरामद गरेको छ ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १३ गोवरगाडा छतौनीबाट शनिबार राति ९ बजे १८४ किलो गाँजा बरामद गरेको हो ।

घोडामा बोकेर गाँजा भारततर्फ लैजाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटेको प्रहरी टोलीलाई देखेपछि तस्करहरू छाडेर भागेका थिए ।

गाँजा बरामद गरी ल्याउन खोज्दा उनीहरूले खोस्न खोजेपछि भीडलाई नियन्त्रणमा लिन र बच्नका लागि प्रहरीले चाइनिज पेस्तोलबाट १ राउण्ड हवाई फायर गरेको सप्तरी प्रहरीले जनाएको छ । 

गाँजा तस्करहरूको खोजबिन तथा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस