विश्वकै प्रदूषित शहर बन्यो काठमाडौँ  « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

विश्वकै प्रदूषित शहर बन्यो काठमाडौँ 


१४ बैशाख २०८१, शुक्रबार


काठमाडौँ । भारतको नयाँ दिल्ली र पाकिस्तानको लाहोरलाई पछि पार्दै काठमाडौँ विश्वकै सबैभन्दा प्रदूषित शहर बनेको छ । वायु गुणस्तर मापन गर्दै आएको आइक्यु एअरले गरेको मापनअनुसार काठमाडौँ सबैभन्दा धेरै प्रदूषित शहर बनेको हो ।

आइक्यु एअरले शुक्रबार काठमाडौँको वायु गुणस्तर १९४ मापन गरेको छ । दोस्रो स्थानमा रहेको पाकिस्तानको लाहोरको वायु प्रदूषण १८५ छ भने तेस्रो स्थानमा रहेको भारतको नयाँ दिल्लीको वायु गुणस्तर १७५ मापन गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस