ग्लोबल आईएमईसहित ३ बैंक र ३ रेमिट्यान्स कम्पनी सम्मानित « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

ग्लोबल आईएमईसहित ३ बैंक र ३ रेमिट्यान्स कम्पनी सम्मानित


१४ बैशाख २०८१, शुक्रबार


काठमाडौँ । आर्थिक वर्ष २०७९/८० मा धेरै रेमिट्यान्स भित्र्याउने ३ बैंक र ३ रेमिट्यान्स कम्पनी सम्मानित भएका छन् । नेपाल राष्ट्र बैंकले ६९ औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार एक कार्यक्रमका बीच सम्मान गरेका हो ।

धेरै रेमिट्यान्स भित्र्याएर सम्मान हुने बैंकहरूमा ग्लोबल आईएमई बैंक, हिमालयन र नेपाल एसबीआई छन् ।

सो आर्थिक वर्ष कुल रेमिट्यान्समा ग्लोबलले २१.१ प्रतिशत, हिमालयनले २०.६ र नेपाल एसबीआईले १९.१ प्रतिशत भित्र्याएको राष्ट्र बैंकको तथ्याङ्क छ ।

त्यस्तै धेरै रेमिट्यान्स कम्पनीहरूमा आईएमई, सिटी एक्स्प्रेस र ईसेवा मनी सम्मानित भएका छन् । आईएमईले २७.५, सीटीले १४.९ र ई-सेवाले १२.१ प्रतिशत रेमिट्यान्स भित्र्याएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस