पौडेललाई भारतीय राष्ट्रपतिले दिइन् बधाई  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

पौडेललाई भारतीय राष्ट्रपतिले दिइन् बधाई 


२९ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई सन्देश पठाएकी छन् । 

राष्ट्रपति पौडेललाई भारतीय राष्ट्रपति मुर्मूले शपथ लिएर कार्यभार सम्हालेपछि बधाई सन्देश पठाएकी हुन् । मुर्मूले भारतीय जनता, भारतीय सरकार र आफ्नो व्यक्तिगततर्फबाट पनि शुभकामना दिएको सन्देशमा उल्लेख गरेकी छन् ।

“नेपालको राष्ट्रपति निर्वाचित भएकोमा भारतीय जनता र सरकारको तर्फबाट र मेरो आफ्नै तर्फबाट हार्दिक बधाई तथा शुभकामना स्वीकार्न अनुरोध गर्दछु,” भारतीय राष्ट्रपति मुर्मूको सन्देशमा भनिएको छ, “घनिष्ठ र मित्रवत् छिमेकीको रूपमा भारत र नेपालले सौहार्दपूर्ण र बहुआयामिक सम्बन्धको उपभोग गरिरहेका छौँ । साझा संस्कृति र जनता-जनताबीचको सम्बन्धले पछिल्ला धेरै वर्षहरूमा हामी दुई देशका जनतालाई पारस्परिक लाभ लिँदै हाम्रो सम्बन्धले उल्लेखनीय प्रगति हासिल गरिरहेको छ ।” 

उनले पौडेलको सक्षम मार्गदर्शनमा दुई देशको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेकी छन् ।

यही २५ फागुनमा पौडेल राष्ट्रपति निर्वाचित भएका थिए । 

Tags :
प्रतिक्रिया दिनुहोस