सिंहदरवारमा ८ दलीय कार्यदलको बैठक सुरु « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सिंहदरवारमा ८ दलीय कार्यदलको बैठक सुरु


२३ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । आठ दलीय कार्यदलको बैठक सुरु भएको छ । नेपाली काँग्रेस संसदीय दलको कार्यालय सिंहदरवारमा सुरु बैठकमा राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचन तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

काँग्रेस उपसभापति पूर्णबहादुर खड्का संयोजकत्वको कार्यदलमा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा नेपाल, लोसपा नेपाल, नागरिक उन्मुक्ति, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाका नेताहरू छन् ।

यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा आठ दलीय गठबन्धनबाट काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल साझा उम्मेदवार छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस