इलाम-२ मा एमालेका सुहाङ नेम्वाङ विजयी « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

इलाम-२ मा एमालेका सुहाङ नेम्वाङ विजयी


१८ बैशाख २०८१, मंगलबार


काठमाडौँ । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि पार्दै सुहाङ विजयी भएका हुन् ।

सुहाङ २७ हजार ७७२ मतसहित विजयी भएका छन् भन् काँग्रेस उम्मेदवार खड्काले २१ हजार ९४२ मत पाएका छन् ।

निर्वाचनमा पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ र माओवादी केन्द्र त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका मिलन लिम्बुले ५ हजार ५० मत पाएका छन् ।

प्रतिनिधि सभा सदस्यका लागि भएको निर्वाचनमा नेकपा एमालेले सुवास नेम्वाङका छोरा सुहाङलाई चुनावी प्रतिस्पर्धामा उतारेको थियो ।

प्रदेश सभा सदस्यका लागि बझाङ (१) मा उपनिर्वाचनमा पनि नेकपा एमालेकै उम्मेदवार दमनबहादुर भण्डारी निर्वाचित भइसकेका छन् । अघिल्लो निर्वाचनमा बझाङ (१) बाट काँग्रेसका पृथ्वीबहादुर सिंह निर्वाचित भएका थिए ।

मन्त्रीसमेत रहेका सिंहको सवारी दुर्घटनामा निधन भएपछि रिक्त भएको स्थानमा पृथ्वीबहादुरका छोरा अभिषेकबहादुर सिंह दोस्रो भएका छन् ।

उपनिर्वाचनबाट नेकपा एमालेले प्रतिनिधिसभा र सुदूरपश्चिम प्रदेशसभामा एक–एक सिट थप्न सफल भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस