मत माग्न रास्वपा कार्यालय पुगे रामचन्द्र पौडेल  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

मत माग्न रास्वपा कार्यालय पुगे रामचन्द्र पौडेल 


१९ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । आठ दलीय गठबन्धनबाट राष्ट्रपति पदमा उम्मेदवार रहेका नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आफ्नो लागि मत माग्न राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय पुगेका छन् । 

पौडेलसँग काँग्रेस नेताहरू डा. प्रकाशशरण महत, रमेश लेखक, जीपछिरिङ लामा र दीपक खड्कालगायतका नेताहरू रास्वपाको पार्टी कार्यालय पुगेका हुन् ।

पौडेलले रास्वपा सभापति रवि लामिछाने, उपसभापति डीपी अर्याललगायतसँग भेट गरी आसन्न चुनावमा आफूलाई सहयोग गर्न आग्रह गरेका छन् । लामिछानेसँग राष्ट्रपतिका अर्का उम्मेदवार सुवास नेम्वाङ पनि रास्वपाको पार्टी कार्यालय पुगेर मत मागिसकेका छन् ।

रास्वपा वर्तमान सरकारबाट बाहिरिए पनि विश्वासको मत भने कायम राखेको छ । राष्ट्रपतिको निर्वाचन आगामी यही २५ गते हुँदैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस