राष्ट्रपतिमा रामचन्द्रलाई जिताउन आठ दलीय गठबन्धनको निर्देशन « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

राष्ट्रपतिमा रामचन्द्रलाई जिताउन आठ दलीय गठबन्धनको निर्देशन


१९ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । आठ दलीय गठबन्धनका नेताहरूले राष्ट्रपतिमा काँग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई जिताउन कोसी प्रदेशका सांसदहरूलाई निर्देशन दिएका छन्  ।

विराटनगरमा प्रदेश सांसदहरूको संयुक्त भेला आयोजना गर्दै गठबन्धनमा सामेल काँग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादीलगायतका केन्द्रीय नेताहरूले इमानदारीपूर्वक मत दिएर पौडेललाई जिताउन निर्देशन गरेका हुन् । 

माओवादी केन्द्रका केन्द्रीय उपाध्यक्ष कृष्णबहादुर महराले राष्ट्रहित र लोकतन्त्रको रक्षाका लागि जसरी पनि पौडेललाई जिताउनुपर्नेमा जोड दिए ।

काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गणतन्त्र र सङ्घीयताको दिगो प्रवर्द्धनका लागि पौडेललाई राष्ट्रपतिमा विजयी गराउनुको विकल्प नभएको बताए । एकीकृत समाजवादीका कोसी प्रदेश सचिव महेश रेग्मीले लोकतन्त्रवादी शक्ति पराजित भएमा देशमा प्रतिगमन हाबी हुने भन्दै पौडेललाई जिताउनै पर्ने जिकिर गरे । 

नेताहरूले कसैले दायाँबायाँ गरेर फ्लोरक्रस गरे स्पटमै कारबाही हुने चेतावनीसमेत दिएका छन् ।

कोशी प्रदेशमा आठदलीय गठबन्धनबाट राष्ट्रपतिका उम्मेदवारलाई मत दिन पाउने काँग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका चार र जनता समाजवादीका एक सांसद छन् । अर्का उम्मेदवार सुवास नेम्वाङलाई मत दिने एमालेको गठबन्धनमा एमालेका ४० र राप्रपाका ६ सांसद छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस