मन्त्रालयका विधेयकहरू छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मन्त्रालयका विधेयकहरू छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन 


२३ माघ २०७९, सोमबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रालयमा रहेका विधेयकहरू अगाडि बढाउन मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले जनसरोकारसँग सम्बन्धित विधेयकहरूलाई चालु अधिवेशनमै संसदमा लैजानुपर्ने बताएका एक मन्त्रीले जानकारी दिए ।

सोमबार बिहान मात्रै प्रधानमन्त्री प्रचण्डले सबै दलका प्रमुख सचेतक र प्रतिनिधिहरूलाई बोलाएर नागरिकता ऐन, संघीय निजामती सेवा ऐन, एकीकृत शिक्षा ऐनलाई सरकारले प्राथमिकतामा राखेर अगाडि बढाउन चाहेको बताएका थिए । संविधान कार्यान्वयनसँग समेत जोडिएका विधेयकहरू अगाडि बढाउने सरकारको तयारी रहेको दलहरुलाई जानकारी गराएका प्रचण्डले मन्त्रीहरूलाई पनि विधेयकहरू छिटो अघि बढाउन निर्देशन दिएका हुन् ।

संसद्को चालु अधिवेशनबाटै नागरिकता विधेयक, संघीय निजामती सेवा विधेयक, मिडिया काउन्सिल विधेयक, सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक, आपूर्तिसम्बन्धी विधेयकलाई अगाडि बढाउने सरकारको तयारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस