काभ्रेमा बस दुर्घटना : ११ जनाको मृत्यु « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

काभ्रेमा बस दुर्घटना : ११ जनाको मृत्यु


२७ मंसिर २०७९, मंगलबार


काठमाडौँ । काभ्रेको बेथानचोक गाउँपालिकामा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ। थप विवरण आउन बाकी छ । 

बेथानचोक गाउँपालिका-५ को च्याल्टीबाट पनौती फर्किँदै गरेको बा ३ ख ४३८५ नम्बरको बस दुर्घटनामा परेको काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी अमर दीप सुनुवारले प्रशासनलाई बताए । 

२ जनाको घटानास्थलमै र ९ जनाको धुलीखेल अस्पतालमा मृत्यु भएको उनले बताए । तिब्र गतीका कारण दुर्घटना भएको अनुमान गरीएको छ । 

सुनुवारका अनुसार व्रतबन्धमा सहभागी भएर फर्किँदै गरेको बस दुर्घटना भएको हो। घाइतेहरूको उद्धार कार्य जारी छ । 

सम्बन्धित समाचार : काभ्रेको बेथानचोकमा जन्ती बोकेको बस दुर्घटना, थप विवरण आउन बाँकी

Tags :
प्रतिक्रिया दिनुहोस