यी हुन् जनमत पार्टीले टुङ्ग्याएका समानुपातिक सांसद (सूचिसहित) « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

यी हुन् जनमत पार्टीले टुङ्ग्याएका समानुपातिक सांसद (सूचिसहित)


२४ मंसिर २०७९, शनिबार


काठमाडौँ । जनमत पार्टीले समानुपातिक सदस्यको नाम निर्वाचन आयोगमा बुझाएको छ ।

प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ एक सिट जितेको पार्टीले समानुपातिकतर्फ पाँच सिट प्राप्त गरेको थियो ।

पार्टीले प्रतिनिधिसभा समानुपातिक सदस्यमा अनिता साह र वसन्तकुमार कुशवाहा (मेधशी), सोनु मुर्मर र विनीताकुमारी सिंह (आदिवासी जनजाति), अब्दुल खान (मुस्लिम) र गोमा लामा सापकोटा (खस आर्य)लाई सिफारिस गरेको छ ।

त्यसै गरी प्रदेशसभाको समानुपातिक सदस्यमा मधेस प्रदेशमा बबिता राउत र अनिताकुमारी साह (मधेसी महिला), चन्दनकुमार सिंह (मधेसी अल्पसङ्ख्यक), रञ्जुकुमारी खंग (खत्वे) (दलित महिला), वसन्तकुमार कुशवाहा (मधेसी), हसिना खातुन (मुस्लिम महिला) र भाग्य श्री कुमारी चौधरी आदिवासी जनजाति महिला सिफारिस गरिएको पार्टीका उपत्यका इन्चार्ज हरेन्द्र चौधरीले जानकारी दिए ।

पार्टीले लुम्बिनी प्रदेशमा समानुपातिक सदस्यमा सुमन शर्मा रायमाझी र आदिवासीतर्फ गीता गुरुङलाई सिफारिस गरेको छ ।

जनमत पार्टीले प्रत्यक्षतर्फ प्रतिनिधिसभामा एक सिट र प्रदेशसभामा मधेस प्रदेशमा छ र लुम्बिनीमा एक गरी सात प्रदेशसभा सदस्य जितेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस