शिक्षक-कर्मचारीलाई ५ दिनभित्र दल त्याग्न निर्देशन « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

शिक्षक-कर्मचारीलाई ५ दिनभित्र दल त्याग्न निर्देशन


१४ बैशाख २०८१, शुक्रबार


काठमाडौँ। शिक्षक-कर्मचारीलाई ५ दिनभित्र दल त्याग्न निर्देशन दिइएको छ ।

कपिलवस्तुको शिवराज नगरपालिकाले पालिकामा रहेका विद्यालयका सबै शिक्षक कर्मचारीलाई दल त्याग गर्न निर्देशन दिएको हो ।

नगरपालिकाका मेयर अजय थापाले सूचना प्रकाशन गर्दै शिक्षक र कर्मचारी राजनीतिक व्यक्ति नभई सामाजिक व्यक्तित्व भएकोले कुनै राजनीतिमा आबद्ध हुन नपाउने जनाएका छन् । विद्यालयलाई राजनीति परिधिबाट टाढा लैजानुपर्ने उनको भनाइ रहेको छ ।

सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूले कुनै पनि पार्टीको सदस्यता लिएको, कार्यकारिणी समितिमा रहेको, महाधिवेशन प्रतिनिधि भएको भएमा ५ दिनभित्र सो राजनीतिक दलमा राजीनामा बुझाई ५ दिनभित्र नगरपालिकामा पेश गर्न कर्मचारी तथा शिक्षकलाई निर्देशन दिइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस